काठमाडौं । सातको दोस्रो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबै घटेको हो ।
सोमबार नेप्से परिसूचक ३.०२ अंक घटेर २६०६.६७ विन्दुमा झरेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ।
सोमबार सेयर बजारसंगै कारोबार रकम पनि घटेको छ। आइतबार ५ अर्ब ३३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा सोमबार ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ । बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।
यस दिन ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन अप्पर साङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर उच्च स्थानमा रहेको छ । यस कम्पनीको यस दिन ५५ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, सागर डिष्टिलरीको करिब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।






प्रतिक्रिया दिनुहोस्