Skip to content

राष्ट्र बैंकको खुकुलो नीतिले सेयरमा जाने कर्जामा वृद्धि, चार महिनामा ३.९ प्रतिशत बढ्यो 

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय क्षेत्रले दिने मार्जिन प्रकृतिको (सेयर धितोकर्जा) बढेको छ । चार महिनाको अवधिमा सेयर धितोमा जाने कर्जा ३.९ प्रतिशत बढेको हो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत लिएको खुकुलो नीतिको कारण सेयर धितोमा जाने कर्जा बढेको हो । चालु आवको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन कर्जा शीर्षकमा १ खर्ब ४६ अर्ब २२ करोड ४८ लाख रुपैयाँ लगानी गरेका छन् ।
चार महिनामा १ करोड रुपैयाँभन्दा बढीको सेयर धितो कर्जामा ४ अर्ब १० करोड ७९ लाख रुपैयाँ ऋण लगानी भएको छ। गत असारसम्म १ करोड माथिको ऋण लगानी ९८ अर्ब ९२ करोड रुपैयाँ रहेकामा कात्तिक मसान्तसम्म आइपुग्दा ४.२ प्रतिशत बढेर १ खर्ब ३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।
यसैगरी ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा ४ प्रतिशतले बढेर १६ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ पुगेको छ। असारमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १६ अर्ब २ करोड ९७ लाख रुपैयाँ थियो ।
चालु आवको चार महिनामा २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा २.३ प्रतिशतले बढेर १७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। असारमा यो कर्जा १७ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ४.६ प्रतिशतले बढेर ८ अर्ब ५५ करोड ३० लाख रुपैयाँ पुगेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi