काठमाडौं । बुधबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । बुधबार यस सेसनमा सेयर बनार मापक नेप्से परिसूचक २.३३ अंक बढेर २६२२.३२ विन्दुमा पुगेको छ। यस सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५८ अंक बढेको छ।
बुधबार प्रि–ओपन सेसनमा ५० कम्पनीको ७० पटकको कारोबारमा ११ लाख १६ हजार ९१५ रुपैयाँ ९९ पैसाबराबरको १ हजार ६०८ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ कम्पनीको मूल्य बढेको छ भने २९ कम्पनीको मूल्य घटेको छ। बाँकी ४ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।








प्रतिक्रिया दिनुहोस्