Skip to content

बुटवल पावर कम्पनीले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । बुटवल पावर कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षबाट आफ्ना लगानीकर्तालाई वितरण गर्न लागेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

कम्पनीको साधारण सभा पुस २८ गते, सोमबार, कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौँमा हुने छ । सो सभा अपरान्ह २ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसैगरी, सभाले गत आर्थिक वर्ष विभिन्न संस्था तथा व्यक्तिहरुलाई दिइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने, सञ्चालक समितिमा रिक्त हुने ४ सञ्चालकहरुको पदपूर्तिका लागि निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima