Skip to content

नारायणी सामुदायिक अस्पतालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

nabil bank

काठमाडौं । एनपिआई नारायणी सामुदायिक हस्पिटलले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धकको प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

जारी पुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको यस एनपिआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा प्राथमिक निष्कासन गर्ने भएको छ भने संस्थापक समूह अन्तर्गतको ८० प्रतिशत सेयर कायम रहेको कम्पनीले जनाएको छ ।

थप सेवा विस्तारको लागि, निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरी बनाइएको हस्पिटलका लागि थप पुँजीको आवश्यकता पर्नुभएकोले कम्पनीले सार्वजनिक निष्कासनमा जान लागेको कम्पनीका सञ्चालक चूडामणि खनालज्यूले जानकारी गराए ।

हस्पिटल सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको यस हस्पिटलको स्थापना विसं २०६३ मा भएको र हाल यसको वार्षिक कारोबार १।१५ अर्ब रहेको जानकारी कम्पनीले जनाएको छ साथै हाल यस संस्थामा ४२५ भन्दा बढी कर्मचारीहरू कार्यरत रहेका छन् ।

आज भएको सो सम्झौतामा एनपिआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक चूडामणि खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा निष्कासन कम्पनीको तर्फबाट कम्पनीको सञ्चालक विष्णु कुँवर तथा सञ्चालक, नीरज कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime