Skip to content

कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहमति

nabil bank

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच राजनीतिक सहमति भएको छ। सहमतिअनुसार रास्वपाले घिसिङ पक्षलाई १० प्रतिशत समानुपातिक उम्मेदवारको हिस्सा दिनेछ।

सहमति अनुसार उम्मेदवार बाँडफाँटमा बालेन शाह पक्षले ४० प्रतिशत र रवि लामिछाने पक्षले ५० प्रतिशत उम्मेदवार उठाउनेछन्। केहीबेरमा सार्वजनिक हुने सहमतिमा घिसिङ रास्वपाको उपसभापति बन्ने उल्लेख छ।

कुलमान घिसिङको संरक्षकत्वमा यसअघि ‘उज्यालो नेपाल पार्टी’ समेत गठन गरिएको थियो। सहमतिअनुसार रवि लामिछाने नेतृत्वको रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सार्दै आगामी निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ।

रवि र बालेनलाई मिलाउन लागेका हामी नेपालीका सुदन गुरुङको मध्यस्कर्तामा कुलमानसँग सहमति भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi