Skip to content

सन् २०२५ को अन्तिम कारोबार दिन बढ्यो सेयर बजार, कति पुग्यो?

nabil bank

काठमाडौं । सन् २०२५ को अन्तिम कारोबार दिन बुधबार सेयर बजार बढेर बन्द भएको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक १०.५३ अंक बढेर २६३३.७६ विन्दुमा पुगेको छ । यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ । बुधबारको ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत सोमबारको ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

बुधबार कारोबारमा कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ । आज उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सर्वाधिक १.६१ प्रतिशतले बढेको छ । आज २ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा बढेको छ । एसवाई प्यानल नेपाल र न्यादी हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । त्यस्तै, यस दिन पियोर इनर्जी कम्पनीको सेयर मूल्य ६.४७ प्रतिशतले बढेको हो ।

कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ । पछिल्ला केही कारोबार दिनदेखि कम्पनीको सेयर मूल्य निरन्तर रुपमा घटेको छ । कारोबार रकमका आधारमा आज ग्रिन भेन्चर्स कम्पनी उच्च स्थानमा रहेको छ। यस कम्पनीको आज १७ करोड ७९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। आज बन्दीपुर केवलकार एण्ड टुरिजमको करिब १५ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi