काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० बिन्दुमा पुगेको छ । यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.३१ अंक बढेको छ छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।७९ अंक बढेको छ।
आज सेयर बजारमा ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार अघिल्लो दिनको तुलनामा कारोबार रकममा सुधार देखिएको छ । सोमबार ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ रुपैयाँमा बराबरको सेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएको १३ उपसमूह मध्ये ११ उपसमूहको सेयर मूल्य बढेको छ । बाँकी दुई उपसमूहको सेयर मूल्य घटेको छ ।
आज कारोबारमा आएका दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज जीवन विकास लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रो पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको हो ।
प्रतिक्रिया दिनुहोस्