Skip to content

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

nabil bank

 

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आवेदन दिने आज अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म मात्रै उक्त आईपीओमा आवेदन दिन सकिने छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि पुस ९ गतेदेखि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्काशन गर्न लागेको छ । जसमा ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँको ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गरेको छ । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण स्थानियले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आईपीओमा बिक्री प्रबन्धक कुमारी क्यापिटलका साथै ज्योती विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंकको खैरेनिटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खैरेनिटार शाखा, ट्रेडटावर, थापाथलीस्थित रजिष्टर्ड कार्यालय र दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi