काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बिहीबार सेयर बजार सामान्य बढेको भएता पनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ ।
आज सेयर बजार मापक नेप्से परिसूचक ४.५९ अंक बढेर २६४०.५४ विन्दुमा पुगेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.९२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंक बढेको छ।
बिहीबार ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। कारोबार रकम बुधबारको तुलनामा कम हो । बुधबार ५ अर्ब १७ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ । बाँकी ६ उपसमूहको परिसूचक भने घटेको छ। यस दिन बैंकिङ विकास बैंक, हाटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो।
आज सान्भि इनर्जीको सेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशत बढेको छ। यसैगरी, आज एसवाई प्यानल नेपालको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल उच्च स्थानमा रहेको छ। आज कम्पनीको यस दिन २० करोड ६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।








प्रतिक्रिया दिनुहोस्