काठमाडौं । सालापा विकास बैंकले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आईपीओको बाँडफाँड भएको छ ।
आज बिहान ९ बजे बाँडफाँड बैंकको आईपीओ बाँडफाँड गरिएको हो । पुस १६ देखि २० गतेसम्म सर्बसाधारणका लागि खोलिएको यस आइपीओमा १९.३७ गुणा आवेदन परेको छ ।
आईपीओमा २३ लाख ८३ हजार ४०७ जनाको आवेदन परेको हो । उनीहरुले २ करोड ७८ लाख ८४ हजार ४७० कित्ता सेयरका लागि आवेदन दिएका छन् । यस मध्येबाट एक लाख ४३ हजार १७० जनाले जनही १०.१० कित्ताका दरले कुल १४ लाख ३९ हजार १७९ इकाई सेयर प्राप्त गर्ने छन् ।








प्रतिक्रिया दिनुहोस्