Skip to content

प्रि–ओपन सेसनमा करिब साढे २ अंक बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार सोमबार दिन प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक यस सेसनमा २.६४ अंक बढेर २६४३.१८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०४ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ४८ कम्पनीको १०३ पटकको कारोबारमा ८५ लाख ३२ हजार १६३ रुपैयाँ ७० पैसाबराबरको ११ हजार ३८७ कित्ता सेयर खरिदबिक्री भएको छ।

जसमध्ये २३ कम्पनीको मूल्य बढेको छ भने १७ कम्पनीको मूल्य घटेको छ। बाँकी ८ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T