Skip to content

सोलु हाइड्रोपावरको आईपीओ निष्कासन

nabil bank

काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ८२ करोड रुपैयाँको ८२ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा माघ ४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ १४ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तथा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा सीआस्बा सदस्य रहेका बैंक तथा वित्तीय र मेरो सेयर मार्फत आवेदन दिन सकिन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life