काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक साढे १ अंक घटेर २६३३.३१ विन्दुमा झरेको छ। उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक बढेको छ।
मंगलबार प्रि–ओपन सेसनमा ४३ कम्पनीको ९० पटकको कारोबारमा २ करोड ७ लाख ५६ हजार २५७ रुपैयाँ २० पैसा बराबरको २७ हजार ३९३ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ कम्पनीको मूल्य बढेको छ भने २४ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया दिनुहोस्