Skip to content

सोमबार सुन प्रतितोला ५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य ५  सयले रुपैयाँ घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५  सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँ घटेको छ। आइतबार प्रतितोला १ हजार ५ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १५ सय २० रुपैयाँमा किनबेच भइरहेको छ। 

 आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T