Skip to content

पाल्पा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको टिकट जिल्ला सभापति हिमालदत्त श्रेष्ठलाई

काठमाडौं। पाल्पा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले जिल्ला सभापति हिमालदत्त श्रेष्ठलाई उम्मेदवार बनाएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसले श्रेष्ठलाई आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको हो।

विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसमा प्रवेश गरेका श्रेष्ठ पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति हुन्।

प्रतिनिधिसभा अन्तर्गत देशभरका १६५ निर्वाचन क्षेत्रमा मंगलबार उम्मेदवारी मनोनयन कार्यक्रम तय गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T