Skip to content

विजय लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । माघ ६ गते, मंगलबार, विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा २१ लाख ९९ हजार २६ जनाले २ करोड ५० लाख ४१ हजार कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जसमध्ये ४६ हजार ६८१ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ७ कित्ता सेयर सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिएको छ। जसअनुसार ७ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima