Skip to content

कारोबार सुरु भएको ३४ मिनेटमै ४३.६४ अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात मंगलबार सेयर बजार उत्साह देखिएको छ । कारोबार सुरु भएको ३४ मिनेटमै सेयर बजार मापक नेप्से परिसूचक ४३.६४ अंकले उकालो लाग्दै २,७१६.१९ विन्दुमा पुगेको छ। यो वृद्धि १.६३ प्रतिशत हो।

बजार खुल्नेबित्तिकै खरिद चाप बढेपछि नेप्से लगातार उकालो लागेको देखिन्छ। हालसम्म कुल कारोबार रकम करिब २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

कारोबार अवधिमा २३६ कम्पनीका सेयर मूल्य बढेका छन्, १८ कम्पनीको घटेका छन् भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima