Skip to content

सेयर बजारमा सामान्य गिरावट, ८ अर्ब ९२ करोडको कारोबार

nabil bank

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ९.४३ अंकले घटेर परिसूचक २७०५.३८ बिन्दु कायम भएको छ ।

३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ रुपैयाँको कारोबार भएको छ । कारोबारमा अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेका छन् ।

कारोबारमा ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको मूल्य घटेको छ ।

कारोबारमा कालिका पावर, नारायणी डेभलपमेन्ट बैंक, रिभर फल्स पावर, विकास हाइड्रोपावर,माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने गुँरास लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life