Skip to content

वाणिज्य बैंकको खुद ब्याज आम्दानी ९६ अर्ब बढीः ६ वटा बैंकको घट्यो, नबिल र ग्लोबल प्रतिस्पर्धामा

nabil bank

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ९६ अर्ब ५ करोड १७ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

गत आवको सोही अवधिमा २० बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तसम्म बैंकहरुको खु्द ब्याज आम्दानी ९२ अर्ब ६० करोड ७३ लाख ६९ हजार रुपैयाँ रहेको थियो । २० मध्ये ६ वटा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने बाँकी बैंकको बढेको छ ।

खुद ब्याज आम्दानी घटेका बैंकमा ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन, नेपाल, एनआईसी एशिया र स्टयान्डर्ड चार्टर्ड बैंकको खुद ब्याज आम्दानी घटेको छ ।

बाँकी १४ वटा बैंकको बढेको छ । सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्ने बैकमा नबिल अग्रस्थानमा रहेको छ । नबिल बैंकले ८ अर्ब ८ करोड ७२ लाख ८८ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २.४२ प्रतिशतले धेरै हो ।

यस्तै ग्लोबल आइएमई बैंकले ८ अर्ब २ करोड २३ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ३.३३ प्रतिशतले कम हो ।

यस्तै कुमार बैंकको खुद ब्याज आम्दानी २७.६५ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड ३५ लाख ९ हजार रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड ३ लाख २१ हजार, राष्ट्रिय वाणिज्यको ३८.४९ प्रतिशतले बढेर ६ अर्ब १० करोड ३३ लाख ६५ हजार, लक्ष्मी सनराइज बैंकको १.१४ प्रतिशतले बढेर ५ अर्ब २४ करोड ९० लाख ३७ हजार, प्रभु बैंकको २.३८ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड ४० लाख, एनएमबि बैंकको १२.१८ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड १४ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

यस्तै हिमालयन बैंकको १०.१९ प्रतिशतले घटेर ४ अर्ब ७० करोड २३ लाख २७ हजार, प्राइम बैंकको ५.३० प्रतिशतले बढेर ४ अर्ब ६५ करोड ३३ लाख १४ हजार, एभरेष्ट बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशतले बढेर ४ अर्ब ५७ करोड २९ लाख ४१ हजार, कृषि विकास बैंकको १६.५५ प्रतिशतले बढेर ४ अर्ब ५१ करोड ८१ लाख ६१ हजार, नेपाल बैंकको ३.९७ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड २९ लाख १५ हजार, एनआईसी एशिया बैंकको १५.८७ प्रतिशतले घटेर ४ अर्ब ३६ करोड ३८ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

यस्तै सिद्धार्थ बैंकको ५.१५ प्रतिशतले बढेर ४ अर्ब ३२ करोड ८० लाख १२ हजार, , सानिमा बैंकको १९.२६ प्रतिशतले बढेर ३ अर्ब ४२ करोड ८० लाख ८५ हजार, सिटिजन बैंकको २.२८ प्रतिशतले बढेर ३ अर्ब १४ करोड ४५ लाख ४६ हजार, माछापुच्छ्रे बैंकको ४.१६ प्रतिशतले बढेर २ अर्ब ९४ करोड १० लाख १६ हजार, नेपाल एसबिआई बैंकको ११.६७ प्रतिशतले बढेर २ अर्ब ५६ करोड १० लाख २३ हजार र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ९.१३ प्रतिशतले घटेर १ अर्ब ९७ करोड ४२ लाख १६ हजार रुपैयाँ रहेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi