Skip to content

सिडिएससी प्रमुख पन्दाकको नियुक्तिमा प्रश्न उठाउँदै उच्च अदालतमा मुद्धा दायर

काठमाडौैं । सिडिएस एण्ड क्लियरिङ (सिडिएससी) लिमिटेडकी प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुख प्रविन पन्दाकको नियुक्ति र निरन्तरतामा संवैधानिक तथा कानूनी प्रश्न उठाउँदै बदरको मागसहित उच्च अदालत पाटनमा रिट दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता उत्तमबहादुर श्रेष्ठले आइतबार दर्ता गरेको रिटमा पन्दाकसहित उनको नियुक्ति प्रक्रियामा जोडिएका र जिम्मेवार रहेका ७ वटा निकायलाई विपक्षी बनाइएको छ । पन्दाकका गैरकानूनी तथा अदूरदर्शी कार्यबाट नेपालको धितोपत्र बजार र वित्तीय तथा अर्थ(व्यवस्था नै धराशायी भई आमधितोपत्र सरोकारवालाहरू र राष्ट्रलाई गम्भीर तथा अपूरणीय क्षति हुने प्रबल सम्भावना रहेकोले कामकाज नगर्नूरनगराउनू अन्तरिम आदेशसमेत माग गरिएको छ ।

रिट निवेदनमा सोमबार भएको बहसपछि न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न चैत ८ गते दुवै पक्षलाई बोलाएको छ । सिडिएसी सञ्चालक समितिले पन्दाकलाई २०८१ पुस १४ गने प्रमुख कार्यकारी पदमा नियुक्त गरेको थियो । उक्त नियुक्तिको वैधता पुष्टि हुने अवस्था नरहेको रिटमा जिकिर गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life