काठमाडौं । होटल फरेस्ट इनले निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज गरिने भएको छ ।
सेयरको निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलका अनुसार उक्त आईपीओ आज बिहान साँढे ९ बजे बाँडफाँड गरिने छ ।
कम्पनीले माघ २२ देखि २६ गतेसम्म प्रतिकित्ता सय रुपैयाँका दरले ३३ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा २५ लाख ४५ हजार ३० आवेदनकर्ताबाट २ करोड ८६ लाख ९३ हजार २६० कित्ताका लागि आवेदन परेको छ ।
आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण ३ लाख ३२ हजार लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन भने २२ लाख १३ हजार ७३० जनाको हात खाली हुनेछ ।











प्रतिक्रिया दिनुहोस्