Skip to content

शिखर पावर डेभलपमेन्टले फागुन १७ गतेदेखि आईपीओ निष्काशन गर्दै

nabil bank

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेड ले फागुन १७ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२ दशमलव ६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण सेयर निष्काशन गर्न स्वीकृति पाएको थियो। जसमध्ये ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि, २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ।

अब कम्पनीले कर्मचारीका लागि ४४ हजार ४०० कित्ता छुट्याई बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी सेयरको कुल रकम १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबर हुनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा फागुन २२ गते र ढिलोमा चैत १ गते बन्द हुनेछ। कम्पनीलाई आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपाल ले इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीद्वारा प्रवर्द्धित ४ दशमलव ९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार ८३९ रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा रहेको कम्पनीले जनाएको छ।

आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २९ दशमलव ०८ वर्ष बाँकी रहेको छ। साधारण लगानी फिर्ता अवधि ८ दशमलव ९२ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता अवधि १३ दशमलव ६४ वर्ष रहेको छ। आयोजना २०८१ फागुन २५ गतेदेखि व्यावसायिक उत्पादनमा आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi