Skip to content

सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्कासन, कसले पाँउछ आवेदन दिन ?

nabil bank

काठमाडौं । सुपर खुदी हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ । त्यसपछि सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँको ३१ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ ।

जसमध्ये १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय, १ लाख ५५ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । यस्तै ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष, ३१ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । यस्तै प्रतिकित्ता सय रुपैयाँका दरले १२ करोड ८६ लाख ५० हजार रुपैयाँको १२ लाख ८६ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन २० गतेसम्म आवेदन दिन सकिने छ । आईपीओको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi