काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक २०.७५ अंकले घटेर परिसूचक २६४२.१५ बिन्दु कायम भएको छ ।
कारोबारमा ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५ रुपैयाँ कारोबार भएको छ । कारोबारमा ट्रेडिङ समूहको उपसूचमा सामान्य सुधार देखिएको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
कारोबारमा ४२ कम्पनीको मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घटेको छ ।
यो दिन भएको कारोबारमा सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सुपरमाइ हाइड्रोपावर कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।











प्रतिक्रिया दिनुहोस्