Skip to content

रास्वपाको बाचापत्रमा ऊर्जा दशकको लक्ष्य, ३० हजार मेगावाट विद्युत उत्पादन

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको बाचापत्र सार्वजनिक गरेको छ । पार्टीका अनुसार, ऊर्जा क्षेत्रलाई तीव्र विकास गर्न भूमि, वन तथा वातावरणसम्बन्धी कानुन संशोधन गरिनेछ र ऊर्जा मन्त्रालयबाटै सम्पूर्ण प्रक्रिया समन्वय हुने व्यवस्था हुनेछ। यसका लागि जटिल प्रशासनिक प्रक्रियालाई हटाएर ‘एकल द्वार सेवा’ लागू गरिनेछ।

सरकारले जलविद्युत आयोजना निर्माणको समयावधिमा सुरक्षा र शान्ति सुनिश्चित गर्ने जिम्मेवारी लिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। साथै, निजी क्षेत्रलाई उत्पादन, भण्डारण, प्रसारण र वितरणमा सहभागी गराउने कानुनी व्यवस्थाहरू ल्याइनेछन्।

रास्वपाले ३५ वर्षे उत्पादन अनुमतिपत्रको अवधिलाई ५० वर्षसम्म पुर्‍याउने, वायु तथा ठूला सौर्य फार्ममार्फत उत्पादन भएको बिजुली नेट मिटरिङमार्फत ग्रिडमा बिक्री गर्न मिल्ने कानुन ल्याउने, र पहाडी बाँझा जमिनमा सौर्य फार्म स्थापना गर्न प्रोत्साहन दिने प्रतिवद्धता व्यक्त गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi