काठमाडौं । कालिन्चोक हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय र श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।
कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ । जसमा प्रतिकित्ता सय रुपैयाँका दरले ५ करोड ५० लाख रुपैयाँको ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रकाका लागि निष्कासन गरेको छ ।
सेयरमा दोलखा जिल्ला, बिगु गाँउपालिका–८, कालिन्चोक गाउँपालिका वडा–१ र २ का स्थानियका लागि निष्कासन गरेको छ ।
यस्तै प्रतिकित्ता सय रुपैयाँका दरले ८२ लाख ५० हजार रुपैयाँको ८२ हजार ५०० कित्ता श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानियले फागुन २७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा चैत १३ गतेसम्म आवेदन दिन सकिने छ ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन १७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन २७ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ ।
आईपीओमा स्थानियले बिक्री प्रबन्धकका साथै कालिन्चोक हाइड्रोपावर, बिगु गाउँपालिका–८, नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सिङगटी शाखाबाट आवेदन दिन सकिने छ ।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाबाट र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
कम्पनीले ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ छ । आयोजनाको लागत प्रतिमेगावाट २४ करोड १४ लाख रुपैयाँ छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३६ वर्ष ६ ।










प्रतिक्रिया दिनुहोस्