काठमाडौं । सुपर खुदी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) आईपीओ बाँडफाँट भएको छ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ आज बाँडफाँट गरिएको हो । आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत बाँडफाँट गरिएको छ । जसमा १ लाख २८ हजार ६५० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले फागुन ५ देखि ११ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।
आईपीओमा २६ लाख २० हजार ३४१ आवेदकले २ करोड ८१ लाख ६४ हजार ८५० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमा २५ लाख ८० हजार ४७० आवेदन स्वीकृत भएको छ भने बाँकी ३९ हजार ८७१ आवेदन रद्द भएको छ ।











प्रतिक्रिया दिनुहोस्