Skip to content

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी

nabil bank

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आज कारण देखाऊ आदेश जारी गरको छ।

आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारण देखाउ आदेश जारी गरेको छ ।

प्रसाई आइतबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

त्यसपछि अधिवक्ता सुरेश बोहराले जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi