Skip to content

नुवाकोट-२ मा दोब्बर बढी मतान्तरसहित रास्वपाका लामिछाने विजयी, जगदिश्वरनरसिंह केसी पराजित

नुवाकोट । प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा नुवाकोट निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा अचुतम लामिछाने विजयी भएका छन् । रास्वपाका लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार उक्त क्षेत्रमा नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसीले १५ हजार ५०३ मत प्राप्त गरे । यस्तै, नेकपा एमालेका केशवराज पाण्डेले आठ हजार २८५ मत, नेपाली कम्युनिष्ट पार्टीका हिरानाथ खतिवडाले छ हजार ७२० मत र उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्ञानेन्द्रप्रकाश घलेले दुई हजार ७५० मत ल्याए ।

नुवाकोट–२ मा बाह्र जना उम्मेदवार रहेकामा बाँकी सबैले एक हजारभन्दा कम मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका झनक प्याकुरेले ७७५, मङ्गोल नेशनल अर्गनाइजेशनका रेञ्छेन तामाङले ४२६, श्रम संस्कृति पार्टीका बिनोदकुमार तामाङले ३९६, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०का नवराज ढुङ्गानाले ९०, नेपाल कम्युनिष्ट पार्टी ९सयुक्त०का किरण तिम्सेनाले ५२, नेपाल मजदुर किसान पार्टीका सुवास भट्टले २८ र आम जनता पार्टीका मानसिं गदाइलीले ११ मत पाए ।

नुवाकोट–२ मा एक लाख २३ हजार ९३९ जना मतदाता रहेकामा ७० हजार ४५२ मत खसेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima