Skip to content

विभागले तिरायो तीन फर्मलाई जरिवाना, थप १२ वटालाई सुधारात्मक निर्देशन

nabil bank

काठमाडौं ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि विभागले सुवाः ग्रोसरी, प्रमिसा खाद्यस्टोर र ए जे सल्पायर्सलाई जरिवाना गरेको हो ।

विभागका अनुसार ललितपुर महानगरपालिका २२ बुङ्मतिमा रहेको सुवा ग्रोसरीलाई ५० हजार जरिवाना गरेको छ । ललितपुर महानगरपाली–१८ मगरगाउँमा अवस्थित प्रमिसा खाद्यस्टोरलाई १० हजार र सूर्यविनायक नगरपालिका–६ पाण्डु बजारमा अवस्थित एजे सप्लायर्सलाई १० हजार जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ । ती फर्मलाई विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको छ ।

विभागले थप १२ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएका निकाय समेतको उपस्थितिमा नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi