Skip to content

सेयर बजार ८ महिना यताकै उच्च बिन्दुमा, पौने १५ अर्ब बराबरको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार सेयर बजार गत ८ महिना यताकै २९५० बिन्दु माथि पुगेको हो। मंगलबार सेयर बजार मापक नेप्से सूचक २३.८३ अंकले बढेर २९६०.४० बिन्दुमा पुगको छ । यस अघि साउन १५ गते सेयर बजार २९५४ बिन्दुसम्म पुगेको थियो ।

आज सेयर कारोबार रकम भने घटेको छ। सोमबार १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० रुपैयाँको कारोबार भएको सेयर बजारमा आज १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेयरबजारमा सूचीकृत समूहको समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्त, जलविद्युत, लगानी, उत्पादनशील तथा प्रसोधन, म्युचुअल फण्ड तथा व्यापार समूहको परिसूचक सकारात्मक रहेका छन् । होटेल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा तथा अन्य समूहको परिसूचक भने ओरालो लागेका छन् ।

सालपा विकास बैंक, रिलायन्स् स्पिनिङ मिल्स् तथा सोलु हाइड्रोपावरका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने फस्ट माइक्रोफाइनान्स् लघुवित्त वित्तीय संस्था, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर तथा मेरो माइक्रोफाइनान्स् वित्तीय संसथाका सेयरधनी रहेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima