Skip to content

नेप्सेले लागू गर्यो मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया: राष्ट्र बैंकमा सिफारिस गर्ने, अनुमतिपत्र खारेज भए एक वर्षसम्म नयाँ नपाउने

nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२ लागू गरेको छ ।

धितोपत्रको मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी एवं व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्डको मार्जिन कारोबार सम्बन्धी निर्देशिका, २०८२ को दफा १४ बमोजिम नेप्सेले कार्यप्रक्रिया बनाई लागु गरेको जनाएको छ । मार्जिन कारोबार सुविधा उपलब्ध गराउन इच्छुक सदस्य दलाल व्यवसायीले नेप्सेबाट अनुमतिपत्र प्राप्त गर्नुपर्नेछ ।

कारोबार सदस्यले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नेप्सेमा अनुसूची( १ मा उल्लेख भए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

मार्जिन कारोबार सुविधा प्रदान गर्न चाहने कारोबार सदस्यको चुक्ता पूँजी न्यूनतम २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्य वा निक्षेप सदस्य सूचिकृत संगठित संस्थाको सेयरधनी रहेको वा सहायक सूचिकृत संगठित संस्थाको रुपमा रहेको कारोबार सदस्यको मुख्य सूचिकृत संगठित संस्थाले निक्षेप सदस्यता प्राप्त गरेको र कारोबार सदस्यले बोर्डको अनुमतिपत्र र नेप्सेको सदस्यता लिएको हुनुपर्नेछ ।

मार्जिन कारोबार सुविधा प्रदान गर्ने सम्बन्धमा कारोबार सदस्यको सञ्चालक समितिले गरेको निर्णयलाई निवेदन साथ संलग्न गर्नु पर्नेछ । नेप्सेले कारोबार सदस्यबाट मार्जिन कारोबार सेवा प्रदान गर्न अनुमतिपत्र प्राप्त गर्न दिएको निवेदन तथा संलग्न कागजातहरुको जाँचबुझ गर्नेछ । जाँचबुझ गर्दा कारोबार सदस्य मार्जिन कारोबार सुविधा उपलब्ध गराउन योग्य देखिएमा नेप्सेले आशयपत्र प्रदान गर्नेछ । नेप्सेले आशयपत्र प्रदान गरेपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ मा भएको व्यवस्था बमोजिमको कार्यको लागि नेप्सेले नेपाल राष्ट्र बैंक समक्ष सिफारिस गर्नेछ । कारोबार सदस्यले उपदफा ९३० बमोजिमको नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिपत्र नेप्सेमा पेश गर्नुपर्नेछ ।

कारोबार सदस्यले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र नेप्सेमा रितपूर्वक निवेदन दिएर मार्जिन कारोबार सेवा उपलब्ध गराउने अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ । कारोबार सदस्यले उपदफा ९१० बमोजिम नवीकरण नगरेमा अनुमतिपत्र स्वतः खारेज हुनेछ
उपदफा ९२० बमोजिम अनुमतिपत्र खारेज भएको कारोबार सदस्यलाई एक वर्ष व्यतित नभएसम्म नयाँ अनुमतिपत्र प्रदान गरिने छैन ।

कारोबार सदस्यले यस कार्यप्रक्रियाको प्रतिकूल हुने गरी लगानीकर्ताको अहित हुने कार्य गरेको नेप्सेको छानविन तथा सुपरिवेक्षणबाट ठहर हुन आएमा कारोबार सदस्यलाई प्रदान गरेको मार्जिन कारोबार सुविधा उपलब्ध गराउने अनुमतिपत्र स्थगन वा खारेजी गर्न सकिनेछ ।

लगानीकर्ताले मार्जिन कारोबार सुविधा उपयोग गर्नका लागि कारोबार सदस्य समक्ष मार्जिन कारोबार खाता खोल्न निवेदन दिनुपर्नेछ । कारोबार सदस्यले लगानीकर्ताबाट उपदफा ९१० बमोजिमको निवेदन तथा बोर्डले तोके अनुसारको ग्राहक परिचय विवरण प्राप्त गर्नुपर्नेछ । कारोबार सदस्यले उपदफा ९१० तथा ९२० बमोजिम निवेदन तथा ग्राहक परिचय प्राप्त गरेपश्चात लगानीकर्तासँग दफा १५ बमोजिमको सम्झौता गरी निजका नाममा मार्जिन कारोबारका लागि अलग्गै खाता खोली मार्जिन कारोबार सुविधा उपलब्ध गराउनुपर्नेछ ।

कारोबार सदस्यको कारोबार प्रणालीमा रहेको लगानीकर्ताको कारोबार खाताबाट नै मार्जिन कारोबार सुविधा दिन सकिने अवस्था भएमा छुट्टै मार्जिन कारोबार खाताको आवश्यकता पर्ने छैन । लगानीकर्ताले मार्जिन कारोबार सुविधा अन्तर्गत खरिद रकमको न्यूनतम तिस प्रतिशतले हुन आउने रकम कारोबार सदस्यले लगानीकर्तासँग प्रारम्भिक मार्जिनको रुपमा लिनु पर्नेछ ।

मार्जिन कारोबार सुविधा अन्तर्गत खरिद गरिएको सेयर, मार्जिन रकम तथा सम्बन्धित ग्राहकको विवरण छुट्टाछुट्टै अभिलेख बनाई राख्नु पर्नेछ । मार्जिन कारोबार सुविधा अन्तर्गत खरिद भएको सेयरको मूल्यांकन दैनिक रुपमा मार्कड टु मार्केटको आधारमा गर्नुपर्नेछ । तर उक्त सेयरको मूल्यमा भएको वृद्धिको आधारमा थप सुविधा दिन पाइने छैन । ग्राहकको जोखिम मूल्यांकन, बजारको अवस्था तथा सूचिकृत संगठित संस्थाको सेयरमा निहित जोखिमलाई दृष्टिगत गरी कारोबार सदस्यले उपदफा ९१० मा उल्लिखित मार्जिनभन्दा बढी मार्जिन माग गर्न सक्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi