Skip to content

यस्तो बन्यो बालेन्द्र नेतृत्व सरकारको टीम (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाह (बालेन्द्र) नेतृत्वको सरकारको टिम तयार भएको छ ।

यो सँगै राष्ट्रपति समक्ष प्रधानमन्त्री बालेन्द्र शाहका साथै मन्त्रीहरुले शपथ लिएका छन् । नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री शाहले रक्षा तथा उद्योग मन्त्रालय आफैले राखेका छन् । नयाँ सरकारको अर्थ मन्त्रीमा स्वर्णिम वाग्ले रहेका छन् भने सुदन गुरुङ गृह, शिशिर खनाल परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा सुनिल लम्साललाई दिइएको छ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठ, खडक पौडेल (गनेश) संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, सस्मित पोख्रेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रीमा निशा मेहता, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा डा विक्रम तिमल्सिना, भूमि, व्यवस्था,सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण मन्त्रीमा गीता चौधरी, श्रम तथा रोजगार मन्त्रीमा दीपक साह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्तीमा सीता वादी नियुक्ती भएकी छिन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T