काठमाडौं । रास्वपाको बरिष्ठ नेता बलेन्द्र शाह प्रधानमन्त्री बनेपछि बसेको पहिलो बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ ।
बैठकले जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न गौरिबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत ४ वटा निर्णय गरेको छ ।
सरकारका प्रवक्त तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार आजको बैठकले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरेको छ ।
यस्तै सरकारको शासकीय सुधारका १०० कार्यसूची स्वीकृत गर्ने र भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने भएको छ ।
आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने र अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।












प्रतिक्रिया दिनुहोस्