Skip to content

कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

nabil bank

काठमाडौं । कालंगा हाइड्रो कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत १० गतेदेखि सयर निष्कासन गरेको छ । जसमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँको ४९ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । जसमा श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि ३ करोड ५० लाख रुपैयाँको ३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi