Skip to content

सेयर बजार दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो 

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ ।  अघिल्लो कारोबार दिन अर्थात् आइतबार पनि घटेर बन्द भएको सेयर बजार आज पनि घटेको हो ।
सोमबार सेयर बजार मापक नेप्से परिसूचक ४७.७१ अंक घटेर २८३१.३९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इन्डेक्स ७.९० अंक घटेको छ भने फ्लोट इन्डेक्स ३.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५५ अंक घटेको छ।
सोमबार सेयर बजारसंगै कारोबार रकम पनि घटेको छ। आइतबार १५ अर्ब ३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँबराबरको ३ करोड १६ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै २.५६ प्रतिशत घटेको छ। आज वित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । बैंकिङ विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानीजीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज कारोबारमा आएको ६ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर उच्च स्थानमा रहेको छ। यस कम्पनीको यस दिन ६८ करोड ४१ लाख ३६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। आज ङादी ग्रुप पावर र शिवम् सिमेन्ट्सको करिब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T