Skip to content

मार्जिन कारोबारका लागि नेप्सेले सार्वजनिक गर्यो १२३ कम्पनी (सूचीसहित)

nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य ठानेको छ ।

नेप्सेले मार्जिन कारोबारका लागि योग्य १२३ कम्पनीको सूची सार्वजनिक गरेको छ ।

नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा ८ (१) बमोजिम मापदण्ड पूरा गरेका कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको हो ।

जसमा वाणिज्य बैंक १९ वटा, विकास बैंक ११ वटा, फाइनान्स कम्पनी ११, लघुवित्त वित्तीय संस्था १७ वटा , जीवन बीमा कम्पनी १२ वटा, निर्जीवन बीमा कम्पनी ११ वटा कम्पनी रहेका छन् ।

यस्तै जलविद्युत कम्पनी २८ वटा, लगानी समूहका ६ वटा कम्पनी, होटल तर्फ ३ वटा, उत्पादन तथा प्रशोधन समूहका २ वटा कम्पनी, अन्य समूहका २ वटा कम्पनी र व्यापार समूहको १ कम्पनी रहेका छन् । आगामी वैशाख २ गतेबाट मार्जिन कारोबार सुरु हुने बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi