Skip to content

सेयर बजारको ‘रेड सिग्नल’पछि अर्थमन्त्री डा. वाग्लेको चासोः सचिवसहित, नियामक निकायसँग राखेर छलफल गर्ने

'सेयर बजार सुधारका लागि बाचापत्र अक्षरस कार्यान्वयन गर्दै जाने'

काठमाडौं । सम्पत्ति शुद्धिकरणको विषयले सेयर बजारमा लगातार गिरावट आएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार अर्थ सचिव, मन्त्रालयको सम्बन्धित महाशाखा, धितोपत्र बोर्ड, नेप्सेका अधिकारीलाई बोलाएर छलफल गर्ने भएका छन् । आज अर्थमन्त्री डा. वाग्लेसँग सांसद हरी ढकाल सहितको टोलीसँगको छलफलमा उनले यस्तो जानकारी गराएका हुन् ।

मन्त्रालयमा सांसद ढकाल, लगानीकर्ता गोपाल स्वामी सहितको टोलीसँग छलफल गर्दै मन्त्री वाग्लेले बजारका कोही पनि लगानीकर्था त्रसित हुन नपर्ने बताए । ‘‘हामीसँगको भेटमा मन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार अर्थ सचिव, मन्त्रालयको सम्बन्धित महाशाखा, धितोपत्र बोर्ड, नेप्सेका अधिकारीलाई बोलाएर छलफल गर्ने भन्नु भएको छ’’ लगानीकर्ता स्वामिले भने ।

मन्त्रीले भेटमा अहिले आएको हल्लाले बजार घट्नु पर्ने कुनै कारण नरहेको बताएको स्वामीको भनाइ छ । आफुले बजारका विषय राम्रोसँग बुझेको भएर लगानीकर्ताको हितमा हुने नीति अबलम्बन गर्न सरकार तयार रहेको मन्त्रीले बताएको स्वामीको भनाइ छ ।
भेटमा मन्त्री वाग्लेले रास्वपाको बाचापत्रमा सेयर बजारमा विषयमा भएका विषय अक्षरस पालना गर्दै जाने जानकारी गराए ।

‘‘नेप्सेको रिस्टक्चरिङ गर्ने, सेयर बजारमा गैर आवासीय नेपालीलाई भित्र्याउने, छिमेकी मुलुकका असल अभ्यासलाई अनुसरण गर्ने छौ’ मन्त्रीको भनाइ उदृत गर्दै स्वामीले भने, ‘‘ हामी सेयर बजारमा पार्टीको बाचापत्रमा भएका कुरा समयक्रमसँगै अक्षरसा कार्यान्वयन गर्छौ । सबै काम आजको भोली नै भइहाल्ने होइन ।’’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T