Skip to content

राष्ट्र बैंकले हटायो एउटा लघुवित्त वित्तीय संस्था समस्याग्रस्तको सूचीबाट, नियमित कारोबार गर्न अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त सूचीबाट हटाएको छ । केन्द्रीय बैंकले समस्याग्रस्तबाट हटाएर नियमित कारोबार गर्न अनुमति दिएको छ ।

राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागका अनुसार दाङको तुलसीपुरमा रहेको सञ्जिवनी लघुवित्त वित्तीय संस्था (साविकको सुपर लघुवित्त वित्तीय संस्था लि) लाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाई नियमित वित्तीय कारोबार गर्न स्वीकृति प्रदान गरेको हो ।

‘सञ्जिवनी लघुवित्त वित्तीय संस्था लि (साविकको सुपर लघुवित्त वित्तीय संस्था लि. तुलसीपुर, दाङमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख को खण्ड (क), (ख), (घ), (च) तथा (ञ) को अवस्था देखिन गई यस बैंकको मिति २०७९–०५–२२ को सार्वजनिक सूचनाबाट उक्त संस्थालाई समस्याग्रस्त वित्तीय संस्थाको रूपमा घोषणा गरिएकोमा यस बैंकको मिति २०८२–१२–५ को निर्णयानुसार सो संस्थालाई समस्याग्रस्त अवस्थाबाट फुकुवा गरी नियमित वित्तीय कारोबार गर्न स्वीकृति प्रदान गरिएको ब्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’ सूचना उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima