Skip to content

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

nabil bank
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लाे कारोबार दिन घटेको सेयर बजार बिहीबारमा भने सामान्य सुधार देखिएको हो ।
अाज सेयर बजार मापक नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ बिन्दुमा पुगेको छ । आज सेयर बजारमा केही सुधार देखिएको भएता पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार १२ अर्ब १० करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा बिहीबार ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएको ९८ कम्पनीको सेयर मूल्य बढेको छ । यसैगरी, १५८ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी १२ कम्पनीको सेयर मूल्य यथावत् रहेको छ । आज कारोबारमा आएको ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज रिलायन्स स्पिनिङ्ग मिल्स, रिज लाइन इनर्जी र सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो ।
आज कारोबार रकमको आधारमा एसवाई प्यानल नेपाल लिमिटेड अगाडी छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi