Skip to content

दुई फर्मलाई विभागले गर्यो जरिवाना, १९ वटालाई निर्देशन

nabil bank

काठमाडौं । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरी कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गरेको छ ।

स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले मछिन्द्रनाथ किराना स्टोर डिल्लीबजार र सोही स्थानको एलन स्टोरलाई समान १० जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिमको कार्य नगरेको पाइएकाले ती फर्मलाई जरिवाना गरिएको विभागले प्रष्ट पारेको छ ।

विभागले आज २१ फर्ममा स्थलगत अनुमगन गरेकामा १९ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय सरोकार भएका निकायका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मीको उपस्थितिमा विभागले नियमित रूपमा अनुमगन गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi