Skip to content

संसद भवन निर्माण साढे तीन वर्ष ढिला, बल्ल ९४ प्रतिशत निर्माण सम्पन्न

nabil bank

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद भवन निर्माण कार्यप्रति चासो व्यक्त गरेका छन् ।

आज शहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै उनले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए ।

छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभा उपसभामुख रूबी कुमारी र राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीको उपस्थिति रहेको थियो ।

संसद भवन निर्माणका लागि २०७६ साल असोज १८ गते तुन्डी शेख जेभीसँग ७ अर्ब ९४ करोड रुपैयाँमा सम्झौता भएको थियो । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि हालसम्म छ पटक समय थप भइसकेको छ । पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेभित्र निर्माण सम्पन्न गर्र्न भनिएको छ।

हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

भवनको इन्टेरियर ठेक्का केसी श्यामसुन्दर बाँनिया जेभीले २ अर्ब ३४ करोड रुपैयाँमा लिएको छ भने छाना निर्माणका लागि चेनलिंक इन्जिनियरिङले ३ करोड ८० लाख रुपैयाँमा ठेक्का प्राप्त गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi