काठमाडौं । सरकारले शासकीय सुधार सम्बन्धी १०० कार्यसूची अन्तर्गतको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा सार्वजनिक गरेको छ ।
आज सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्र १८ बुँदामा रहेको छ ।
फागुन २१ गरेको निर्वाचनमा सहभागी प्रमुख ६ वटा राजनीतिक दलका घोषणापत्र, बाचापत्र तथा प्रतिबद्धता अनुसार तयार पारिएको जनाइएको छ ।
मस्यौदामा आर्थिक क्षेत्रमा स्थायित्व र सुधार, कृषि, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा विकास तथा उपयोग, खानी तथा खनिज, पूर्वाधार विकास, समृद्धिको आधार रोजगार, शिक्षा तथा स्वास्थ्य, वन,वातावरण तथा जलवायु परिवर्तन रहेको छ ।
यस्तै सुशासन र भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार तथा सेवा प्रवाह, विद्युतीय सुशासन र प्रविधि, सामाजिक न्याय तथा समावेशीकरण, अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध, नेपाली डायस्पोराको ज्ञान, सीप र पूँजीको उपयोग, खेलकुद, विपद् व्यवस्थापन, सहकारी तथा लघुवित्त समावेश रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्