Skip to content

सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्‍यो, पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई जिम्मा

 

काठमाडौं । सरकारले विगत करिब दुई दशकको अवधिमा सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण अभिलेख संकलन, प्रमाणीकरण र छानबिन गर्न पाँच सदस्यीय सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

आयोगको म्यान्डेट २०६२/०६३ देखि २०८२/८३ आर्थिक वर्षसम्म सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण व्यवस्थित रुपमा संकलन गरी प्रमाणीकरण गर्ने तथा आवश्यक अनुसन्धान अघि बढाउने रहनेछ।

गठित आयोगमा संयोजक भण्डारीसँगै सदस्यहरूका रूपमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली,पूर्वन्यायाधीश चण्डिराज ढकाल,पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi