Skip to content

प्राधिकरणले हिमालयन रिका सीईओसहित ५ उच्च व्यवस्थापकलाई सोध्यो स्पष्टिकरण, बर्खास्तिको सम्भावना

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित ५ जना उच्च व्यवस्थापकलाई स्पष्टिकरण सोधेको छ ।

प्राधिकरणले सीईओ उपसना पौडेलसहित डेपुटी सीईओ मुकेश कुमार कपुर, कार्यकारी निर्देशकहरु मनिश कुमार, शिशिर गैह्रे र सन्तोष केसीलाई ‘तपाईहरुलाई किन निलम्बन नगर्ने’ भनेर स्पष्टिकरण सोधेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार कम्पनी आर्थिक रुपमा निकै गम्भिर संकट उन्मुख रहेको, सञ्चालकहरुका गतिविधि ननियालेको, संस्थापक सेयरधनीहरुले कम्पनीमा गलत कृयाकलाप गर्दा समेत किन बेवास्ता गरेको, निर्जीबन बीमा कम्पनीहरुलाई किन समयमा नै भुक्तानी नगरेको लगायत प्रश्न उठेपछि पहिलो चरणमा ७ दिने स्पष्टिकरण सोधिएको हो ।

उनीहरुलाई प्राधिकरणले पत्र काटेको ७ दिन भित्र बाटोको म्याद बाहेक जवाफ नपठाएको खण्डमा बर्खास्त गर्ने तयारी रहेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T