Skip to content

बचतकर्ताको रकम ठग्ने गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध ७ दिन म्याद थप

nabil
global ime

काठमाडौं । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील सहकारीका अध्यक्ष बलराम पाठकविरुद्ध अदालतले सात दिनको म्याद थप गर्दै अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ ।

ललितपुरको इमाडोलबाट पक्राउ परेका पाठकविरुद्ध थप अनुसन्धानका लागि आज काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, “गतिशील सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोपमा हाम्रो टोलीले अध्यक्ष पाठकलाई नियन्त्रणमा लिएको हो । आज अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाएका छौँ ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T