काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिको विषय सर्वोच्च अदालतमा दायर भएको उजुरी आज सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको छ ।
बुधबार उनी विरुद्ध तीनवटा उजुरी दर्ता भएका छन् । तीनवटै उजुरीमा सुनुवाइ हुँदैछ । डा. कँडेलको नियुक्ति असंवैधानिक भएको भन्दै अधिवक्ताहरू माधव कुमार बस्नेत,दिपकराज जोशी ,शिवराज बरालले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
महान्यायाधिवक्ता हुन कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तिमा १५ वर्ष निरन्तर वकालत गरेको र वा कम्तिमा १५ वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा काम गरी विशिष्ट कानुनविदको रुपमा ख्याति प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ । उनले लगातार १५ वर्ष वकालन नगरेको रिटमा उल्लेख छ ।
राष्ट्रपतिको कार्यालय शितल,प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार ,नेपाल सरकार मन्त्रिपरिषद् प्रधानमन्त्रिको कार्यालय सिंहदरबार , महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ र महान्यायाधिवक्ता डा।कँडेललाई रिटमा विपक्षी बनाइएको छ।












प्रतिक्रिया दिनुहोस्