Skip to content

हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छा पक्राउ

nabil bank

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई आज पक्राउ गरेको हो । गोल्छालाई पक्राउ गरेको सीआईबीमा प्रवक्ता शिव कुमार श्रेष्ठले पुष्टि गरे ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा काठमाडौं जिल्ला नागार्जुन नगरपालिका–८ बस्ने गोल्छालाई नक्सालबाट पक्राउ गरी थप अनुसन्धान भईरहेको ।

हिमालयन रिइन्स्योरेन्सका तत्कालिन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम  कसूरमा ऐ ऐनको  दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ गरिएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi