Skip to content

सालपा विकास बैंकको नाफा ऋणात्मक, खराब कर्जा घट्यो

nabil bank

काठमाडौं । सालपा विकास बैंकको नाफा ऋणात्मक रहेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकको नाफा ३१ लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

गत आवको सोही अवधिमा बैंक ३५ लाख ८४ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । यो अवधिमा बैंकको ब्याज आम्दानीमा सुधार आएको छ । जसले बैंकको नोक्सान घट्न सहयोग गरेको छ ।
चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ करोड ६५ लाख रुपैयाँ ऋणात्मक छ ।

बैंकको खुद ब्याज आम्दानी ६.७७ प्रतिशत बढेर ५ करोड ५७ लाख ४९ हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म बैंकको खराब कर्जा ६.९२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशत रहेको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज १ करोड ६६ लाख रुपैयाँबाट घटेर ९७ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा छ । ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ करोड ९५ लाख ९४ हजार रुपैयाँ छ । बैंकले चैत मसान्तसम्ममा १ अर्ब ४९ करोड ४३ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब १९ करोड ७५ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi